ताजा समाचार

असार ९ गते २०७६

पर्वतमा जिप दुर्घटना हुदा दुईको मृत्यु, चार घाइते

पर्वतको महाशीला गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते बनेका छन्।

आइतबार साँझ महाशिला गाउँपालिका– ५ लुंखु देउरालीमा लुंखुदेउराली बजारबाट बालाकोटतर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजारभन्दा केही तल दुर्घटना भएको हो।

दुर्घटनामा परेर महाशिला गाउँपालिका– ३ का ५० वर्षीय कृष्णगोपाल गुरुङ र सल्यानको कपुरकोट नगरपालिका– ४ का ३० वर्षीया विष्णु थापाको मृत्यु भएको छ ।

मृतक थापा स्थानीय बालारानी माविका शिक्षक हुन भने थापा सोही विद्यालयमा भवन निर्माणको काम गर्दै आएका थिए। उनीहरु विद्यालयको कामले लुंखुबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आएर फर्कँदै गर्दा सो दुर्घटना भएको बताइएको छ। दुर्घटनमा जिपका चालक प्रविण गुरुङ, महाशीला गाएँपालिका ३ कि लक्ष्मी गुरुङ, बालाकोटका दीपक गुरुङ र खुमबहादुर गुरुङ घाइते बनेका छन्।

घाइतेमध्ये २ को पोखरा र २ को स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।