ताजा समाचार

असार ९ गते २०७६

को नियुक्त भए प्रदेश ५ को योजना आयोगको रिक्त उपाध्यक्ष पदमा ?

प्रदेश नम्बर ५ को योजना आयोगको उपाध्यक्ष नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इश्वर गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

गौतम बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । यसअघिका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठले राजिनामा दिएपछि सो पद खाली रहेको थियो ।

सरकारका प्रवक्ता बैजनाथ चौधरीले श्रेष्ठको राजिनामा स्वीकृत गर्दै गौतमलाई उपाध्यक्षमा नियुक्त गरिएको जानकारी दिए । श्रेष्ठ राष्ट्र बैंकको निर्देशकमा बढुवा भएपछि राजिनामा दिएका थिए ।