ताजा समाचार

असार ९ गते २०७६

हेटौडामा कृषि तथा वन विज्ञान विश्वविद्यालय र विज्ञान संकायको भवन बन्दै

कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौँडाको शैक्षिक भवनको निर्माण कार्य सुरु भएको छ ।

आज एक समारोहबीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रु १३ करोडको लागतमा निर्माण हुने उक्त भवन २० कोठासहितको पाँचतले हुनेछ ।

हेटौँडा १० स्थित फरेष्ट्री कलेजको हातामा करीब दुई कट्ठा जमीनमा सुविधा सम्पन्न भवन निर्माण हुने बताइएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान सङ्काय हेटौँडामा स्नातक तथा स्नातकोत्तर गरी ४२३ र विद्यावारिधिका दुई जना विद्यार्थी अध्ययनरत छन् ।

मुख्यमन्त्री पौड्यालले प्रदेश सरकारले विश्वविद्यालय खोल्ने तयारी गरिरहेको बताउँदै उहाँले विगतमा सञ्चालन भइरहेको फरेष्टी कलेजको भवन जीर्ण भइसकेको र प्राकृतिक सम्पदा नासिँदै गएकामा चिन्ता व्यक्त गरे ।