समृद्धि हस्तकला उद्योगले सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा आयोजना गरेको क्रिस्टलबाट आधुनिक गहना बनाउने तालिम सकिएको छ । तालिममा सहभागी ४५ जनालाई क्रिस्टल र मोतीबाट विभिन्न डिजाइनका टप, औंठी, माला आदि बनाउन सिकाइएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले सीपलाई व्यावसायिकतामा परिण गर्न आग्रह गरिन् । उनले उद्योग, व्यवसाय क्षेत्रमा सहभागी भएपछि महिला सशक्तीकरण आफैं हुने उनले बताइन् ।
सामाजिक विकास मन्त्रालयका उपसचिव भीमप्रसाद तिवारीले महिलालाई स्वावलम्बी बनाउन सबैभन्दा पहिले सीप जरुरी भएकाले सीप सिकाउने कार्यक्रम प्रदेशले ल्याएको बताए । तालिम लिएर सीप आर्जन गरेपछि उद्योगी, व्यवसायी बन्न सहयोग पुग्ने उनले बताए ।
समृद्धि हस्तकला उद्योगका सञ्चालक गीता तिवारीले सीप भए स्वावलम्बी बन्छौं भन्ने महिलाहरुको आकांक्षा देखेर तालिम आयोजना गरिएको बताइन् । महिलाले उत्पादन गरेका सामानलाई बजारीकरण गर्न र उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम राज्यले सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतम, कोमागाने अस्पताल व्यवथापन समिति अध्यक्ष उषा बरुवाल, पोखरा चेम्बर अफ कमर्सका सांग्रीला केसी मरासिनी, प्रशिकक्षार्थीको तर्फबाट रीता अधिकारी र लक्ष्मी कोइराला, सृजनशील महिला समूहका अध्यक्ष कल्पना गौतम, इन्दिरा पौडेल लगायतले बोलेका थिए ।






