नेपाल कम्युनिस्ट पार्टी विप्लवले महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको संयोजनमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
विप्लवले महासचिव चन्दको गाँउ कपिलवस्तुस्थित शिवगढीमा गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका हुन् । प्रकाश नेकपा विप्लवका जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् ।
शनिबार र आइतबार सञ्चालन गरिएको स्वास्थ्य शिविरलाई थप लम्ब्याउन स्थानीयले आग्रह गरेको शिविरमा सहभागी डुम्रेले बताए।
उनका अनुसार शहिद स्मृति प्रतिष्ठानको अगुवाइमा गरिएको स्वास्थ्य शिविरबाट शिवराज नगरपालिकाका स्थानीयहरु लाभान्वित भएका थिए ।




