नेपालको सेयरबजारबारे पोखरामा छललफल गरिएको छ । नेपाल स्टक एक्सचेन्ज र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस पूर्वविद्यार्थी मञ्चले संयुक्त रुपमा ‘नेपाली पुँजीबजारका समकालीन सवालहरु’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको २५ वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मान्दा यो अझै बाल्यावस्थामा नै रहेको बताए। उनले हाल पुँजीबजार प्रविधिमैत्री हुनाले यसबाट लगानीकर्ताहरुले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए ।
सोही कार्यक्रममा बोल्दै अर्थ मन्त्रालय बैंक तथा वित्तीय महाशाखाका उप सचिव बैकुण्ठ निधि शर्माले पुँजीबजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताहरुले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।
पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लवहरुको समन्वयमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो।




