ताजा समाचार

असार ९ गते २०७६

कोमामा रहेका नेपालीलाई सरकारको पहलमा अव नेपाल ल्याईदै

विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था ९कोमा० मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालिएको छ ।

सरकारले कोमामा रहेका श्रमिकलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेपछि उनिहरु स्वदेश फर्किने सम्भावना रहेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकमा श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ, परराष्ट्र, कानून मन्त्रालय, सम्बद्ध क्षेत्रका अनुभवी चिकित्सक, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र ट्रेड युनियनका तर्फबाट सदस्य रहने कार्यदल गठन गरिने जनाईएको छ ।

कार्यदलले विभिन्न देशका अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका बिरामीलाई नेपाल ल्याउने प्रक्रिया÷मापदण्डका सम्बन्धमा सुझाव पेश गर्ने बोर्डको सचिवालयले जनाएको छ । अचेत अवस्थामा रहेका बिरामीलाई नेपालमा उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानूनी संयन्त्रलगायत अनुमानित खर्च विवरण सम्बन्धमा विस्तृत अध्ययन गरी सरकारलाई सुझाव दिनेछ । द

क्षिण कोरिया, साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएइ)लगायत मुलुकका विभिन्न अस्पतालमा २८ नेपाली अचेत अवस्थामा उपचाररत रहेको सरकारको तथ्याङ्क छ ।श्रममन्त्री विष्टले मन्त्रालय सम्हालेलगत्तै विदेशस्थित विभिन्न अस्पतालमा कोमामा रहेको बिरामीलाई स्वदेश ल्याउन पहल लगाएत बैदेशिक रोजगारिका लागी विदेशिएका कामदाहरुका लागी सकरात्मक कार्यहरु भैरहेका छन् ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीको सिलसिलामा करार अवधिभित्र बिरामी भई स्वदेश फर्किएर उपचारका क्रममा मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका ११४ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । उनीहरुलाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले रु छ करोड ६६ लाख विनियोजन गरेको छ ।