ताजा समाचार

असार ९ गते २०७६

बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : पूर्वाधार विकासमा विशेष जोड

बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

पांचौं नगरसभामार्फत नगर प्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममार्फत पूर्वाधार, शहरी विकास, आर्थिक तथा सामाजिक विकास, वातावरण, खेलकुद शिक्षा, शासकीय व्यवस्था सुधार, खानेपानी, कला, संस्कृति, सूचना तथा सञ्चार, जलविद्युत, कानुन र न्याय लगायतमा जोड दिइएको छ ।

यसैगरी बागलुङ बजारदेखि हरेक वडामा यातायातका साधन सञ्चालन सहज बनाईने, नगरपालिकाको भवन निर्माण, साविकको समीक्षालय रोडमा बहुउद्देश्यीय सभाहल निर्माण, आफ्नै भवन नभएका वडा कार्यालयका भवन निर्माण, बसपार्क सुधार, पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरलाई कालोपत्रे गर्नका लागि सहजीकरण गरिने, हरेक वडामा नगर बस संञ्चालनको व्यवस्था गर्ने, सडक स्तरोन्नति, बांगेचौर–पाङ जोड्ने झोलुंगे पुल समयमै सम्पन्न गर्नका लागि पहल गर्ने, उपल्लाचौर–नाग्लीबाङ–कुंडुले–भेलचौर–रत्नेचौर जोड्ने झोलुंगे पुल निर्माण कार्य यसै बर्ष शुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी मालढुंगादेखि उपल्लाचौर–रत्नेचौर–बेनी सडक फराकिलो बनाउन पहल, बागलुङ बजारका सडक चोक सुधार निर्माणको कामलाई तीव्रता, अदालत चौपारी–तित्याङ– सालबोट–भकुण्डे–रायडाँडा जोड्ने सडक कालोपत्रे, दाबगरामा आधुनिक बसपार्क आगामी आर्थिक बर्षमा सम्पन्न गरिने र नगरपालिका भित्र शहरी मापदण्डमा कडाई, जनता आवास कार्यक्रम नगरका सबै वडामा पुर्याउने, बागलुङ बजारमा ब्यवस्थित पार्किङ निर्माण, सिटीहल निर्माणका लागि जग्गा व्यवस्थापनका विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै आर्थिक विकास अन्तर्गत बाग्लुङ–११, रायडांँडालाई विशेष क्षेत्रको रुपमा घोषणा गरी आवश्यक बजेटको व्यवस्था गरिने, बाग्लुङमा कृषि क्याम्पस संचालन गरिने, कृषि पशु सेवा केन्द्र संचालनमा ल्याईने, बाग्लुङ–३, गुठीमा हाट बजार संचालनमा ल्याईने, गरिबीसंग मेयर, ऋषिराम कार्यक्रम अन्तर्गत विपन्न समुदायको आय आर्जनका लागि सहुलीयत दरमा ऋण उपलब्ध गराईने, कृषि क्षेत्रमा यान्त्रिकीकरण कार्यक्रमलाई प्रोत्साहन गरिने, अति विपन्नको पहिचान गरी रोजगारी सृजना गर्ने जस्ता विषय पनि गरिने बताइएको छ ।

यसैगरी स्व. हरि खड्का ट्रमा सेन्टरका लागि पहल, ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षणको व्यवस्था, असहाय तथा दीर्घरोगीको स्वास्थ्य सेवामा पहुँचको व्यवस्था, जग्गाको चक्लाबन्दी, पैयुंँपाटमा नगरस्तरीय अस्पताल र पैयुंँपाटामा १५ सय्याको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाईने, आयुर्वेद चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउन स्वास्थ्य चौकीमा आयुर्वेद ओपिडी स्थापना, लागुऔषध, सुर्तिजन्य तथा मदिराजन्य पदार्थको प्रयोगका विरुद्ध अभियान संचालन लगायत विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै, फोहोर ब्यवस्थापनका लागि साझेदारी कार्यक्रम, नगरका पूर्ण सरसफाई अन्तर्गत १ सय घरलाई पुरस्कृत गरिने, वातावरण संरक्षणका लागि चौतारी, पोखरीको संरक्षण प्रवद्र्धनको व्यवस्था, खेलकुद अन्तर्गत बांङेचौर खेल मैदानलाई रंगशाला निर्माण, ख्यातिप्राप्त खेलाडीलाई सम्मान, राष्ट्रियस्तरको मेयरर कप प्रतियोगिता समेत गरिने नगर प्रमुख पौडेलले बताए ।

यसैगरी पर्यटन अन्तर्गत वि.सं. २०७७ लाई बाग्लुङ भ्रमण बर्ष बागलुङ पर्यटन बर्ष मनाउने गरी आवश्यक प्रचार प्रसारको व्यवस्था, बलेवा–भैरवस्थान–भकुण्डे–पञ्चकोट पदमार्ग निर्माण कार्यलाई तीव्रता, बागलुङ कालिका, पञ्चकोट, पाग्जाकोट, मनकामना, मालिका, भैरवस्थान, भुकण्डे, वोडेचौर, शालिग्राम, संग्रहालय, गौरीधाम, निर्णय घाट लगायतका पर्यटकीय स्थलको विकास, बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रे, नगर क्षेत्रका होमस्टेको प्रवद्र्धन, बौद्ध गुम्बाको संरक्षण गरिने बताईएको छ ।

यस्तै नगरका हरेक वडामा १ घर १ घारा कार्यक्रमलाई निरन्तरता, बजार क्षेत्रको खानेपानी समस्या समाधान गर्न काठेखोलाको पानी लिफ्टिङ गर्नेे, बजार क्षेत्र, रात्माटा, पाखाथर तीनतले समेतलाई समेतलाई समेट्ने गरी काठेखोला र रमेटार, कुडुले ओढारचौर समेट्ने गरी कालिगण्डकीबाट लिफ्टिङ प्रविधिको खानेपानी आयोजना, लहरेपिपल लामाचौर लगायतका क्षेत्रका दीर्घकालिन खानेपानी समस्या समाधानको लागि काम लगाडि बढाईने नीति तथा कार्यक्रममा उल्लेख छ ।