पहारी कुल संरक्षण समितिले पहारीहरुलाई शिक्षा र स्वास्थ्यमा सघाउन ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । अक्षयकोषमा अहिलेसम्म करिब १० लाख जम्मा भइसकेको छ । हालै चूडामणि पहारीले ५१ हजार १ सय ५, पुष्प पहारीले ५० हजार, शिशिरा पहारीले ५० हजार, जगतबहादुर पहारीले २५ हजार, रेखा पहारीले २५ हजार र रामजीप्रसाद पहारीले २५ हजार अक्षयकोषका लागि प्रदान गरेका छन् ।
समिलिे मंसिरमा विस्तारित राष्ट्रिय भेला गर्ने भएको छ । भेला आयोजना गर्न गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको संयोजकत्वमा समिति गठन भएको छ । समितिले पहारी बहुउद्देश्यीय सहकारी बनाउने निर्णय पनि गरिसकेको छ । यसका लागि महेश्वरी पहारीको संयोजकत्वमा समिति गठन भएको छ ।
पोखरा ६ का पीताम्बर पहारीले समितिको कुल मन्दिर रहेको पोखरा १८ सेदीडाँडमा ट्रस्ट निर्माण गरिरहेका छन् । पिताम्बरले छोरा शैलेसको स्मृतिमा १९ लाख लगानीमा ट्रस्ट निर्माण गरिदिन लागेका हुन् । समितिका अध्यक्ष गोबिन्दराज पहारीले देशका विभिन्न भागमा रहेका पहारीहरुको परिवारको अवस्था, स्वास्थ्य, शिक्षाको अवस्था सुधार्न समितिले काम गर्ने बताए । उनले प्रेमराज पहारीको संयोजकत्वमा पहारीहरको वंशावली निर्माण भइरहेको जानकारी दिए ।
जुम्ला उद्गम थालो भएका पहारीहरु अहिले पाल्पा, कास्की, रुपन्देही, नवलपरासी, वर्दिया, चैनपुर, दोलखा, धादिङ, लमजुङमा बसोबास गर्छन् ।






