ताजा समाचार

असार ८ गते २०७६

कर्मचारीलाई खर्चसहितको भ्रमण बिदा, महाशाखा प्रमुखसँग र वडाध्यक्षसँग कार्यसम्पादन सम्झौता

पोखरा महानगरले कर्मचारीलाई प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । महानगरले यसै आर्थिक वर्षदेखि कर्मचारी र पदाधिकारीको बिमा गर्ने भएको छ ।

आइतबार महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जिसीले कर्मचारीलाई वर्षमा १ पटक ७ दिन खर्चसहित भ्रमण बिदा दिने घोषणा गरेका छन् । कार्यालयले तोकेको समयमा दिइने भ्रमण बिदा आन्तरिक पर्यटन प्रवद्धर्न गर्ने उद्देश्यले सुर गर्न लागिएको हो । महागरले कम्तीमा १ वर्ष सेवा गरेका कर्मचारीको सञ्चयकोष कट्टा गर्ने व्यवस्था सुरु गर्ने जनाएको छ ।

महागरका काम, कारवाही प्रभावकारी बनाउन नगर प्रमुखले वडाध्यक्षसँग र प्रमुख प्रशासकीय अधिकृतले महाशाखा प्रमुखसँग मापन योग्य सूचकसहित कार्यसम्पादन करार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सम्बन्धित पदाधिकारीलाई नतिजाप्रति जवाफदेही बनाउन यस्तो योजना ल्याएको हो ।