टोल र पार्कमा खुला व्यायमशाला, युवालाई रोजगारी दिन युवा उद्यम

पोखरा महानगरले महानगरका टोल तथा पार्कमा खुला व्यायामशाला निर्माण गर्ने भएको छ । ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नाराका साथ महानगरले यस्तो योजना अघि सारेको हो ।

नगर क्षेत्रभित्र रहेका युवा क्लब र सामाजिक संघसंस्थालाई सूचिकृत गरी युवालाई व्यवसाय तथा उद्यममा प्रेरित गर्दै वेरोजगारी समस्या समाधान गर्न युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्दै कृषि तथा पशुपालनमा युवालाई प्रोत्साहन अनुदान दिने महानगरले जनाएको छ ।

पोखरमा महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान निर्माण गर्नुका साथै वडा नम्बर २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण गर्ने महानगरले जनाएको छ । एक वडा एक खेल मैदान निर्माणलाई पनि निरन्तरता दिइने भएको छ ।