ताजा समाचार

असार ८ गते २०७६

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ

प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदमबहादुर कटुवाल घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ हजार घुससहित उनलाई नियन्त्रणमा लिएको हो।  

सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ यही मिलाइदिन्छु भन्दै बहाना बनाई घुसलिएका थिए। घुस रकम सहित निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।