ताजा समाचार

असार ८ गते २०७६

कास्कीमा ११ सय चालक मापसे कार्वाहीमा, करिब ११ लाख राजस्व संकलन

कास्कीमा माधक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा कार्वाहीमा पर्नेको संख्या करिब १ हजार १ सय रहे । उनीहरूबाट करिब ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार यस आव २०७५/०७६ को पछिल्लो ११ महिनामा १ हजार ९५ जना मापसे गरी सवारी चलाउने चालकलाई कार्वाही गरी १० लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले उपलव्ध गराएको तथ्यांक अनुसार ९ सय ३४ जना मोटरसाइकल चालक, १ सय ४० जना कार, जिप, १७ जना टेक्टर र ४ जना ट्रक चालकलाई कार्वाही गरेको हो ।

आवको ११ महिनामध्ये गत पुस महिनामा सबै भन्दा धेरै १ सय ४५ जना चालक कार्वाहीमा परेका छन् । जसमध्ये १ सय १५ जना मोटरसाइकल, २७ जना कार र ३ जना टेक्टर चालक ट्राफिक प्रहरीको कार्वाहीमा परे । पुस महिनामा १ सय ४५ जनालाई मापसे कसुर अन्तर्गत कार्वाही गर्दा १ लाद ४५ हजार रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी गत भदौ महिनामा सबैभन्दा कम ५९ जना चालक मापसे कार्वाहीमा परेका छन् । जसमा ५५ जना मोटरसाइकल र ४ जना कार चालकलाई कार्वाही गर्दा ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, गत साउनमा ७९ मोटरसाइकल, १२ का गरी ९८ जना चालक कार्वाहीमा परे । जसबाट ९८ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी गत असोजमा ६६ जना मोटरसाइकल, १० जना कार चालक मापसे कार्वाहीमा पर्दा ७६ हजार रुपैयाँ, कार्तिकमा ५६ जना मोटरसाइकल, ३ जना कार र १ जना टेक्टर चालक कार्वाहीमा पर्दा ६० हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

गत कार्तिक महिनामा ५६ मोटरसाइकल, ३ कार र १ टेक्टर गरी ५६ हजार, मंसिरमा ७६ मोटरसाइकल, १८ कार चालकलाई कार्वाही गर्दा ९२ हजार, माघमा ६२ मोटरसाइकल १२ कार र ३ टेक्टर चालक कार्वाहीमा पर्दा ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी फागुन महिनामा १ सय ८ चालक मापसे कार्वाहीमा पर्दा १ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ । जसमा ९० जना मोटरसाइकल चालक, १७ जना कार चालक र १ जना टेक्टर चालक कार्वाहीमा परे ।

गत चैतमा पनि मापसे गरेर कार्वाहीमा पर्ने चालकको संख्या उलेख्य रह्यो । चैत्रमा १ सय ३४ जना चालक कार्वाहीमा परे । जसमा मोटरसाइकल १ सय १७ चालक, १६ कार र १ टेक्टर चाकल मापसे कार्वाहीमा परे । उनीहरूबाट १ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ ।
यस्तै, वैशाख महिनामा पनि मापसे गरी सवारी चलाउनेको संख्या बढि नै रहेको तथ्यांक छ ।

वैशाखमा १ सय २५ जना चालक मापसे कार्वाहीमा परे । जसमा १ सय १३ मोटरसाइकल, ८ जना कार चालक र ४ जना टेक्टर चालकमाथि ट्राफिक प्रहरीले कार्वाही गर्यो । जसबाट १ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी गत जेठ महिनामा पनि १ सय २१ चालक मापसे कशुरमा कार्वाहीमा परे । जसमा १ सय ७ जना मोटरसाइकल, १३ जना कार चालक र १ जना टेक्टर चालक थिए । उनीहरूबाट १ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रका अनुसार अघिल्लो वर्षको तुलनामा मापसे गरी सवारी चलाउने घटेका छन् । मापसे न्यूनीकरण अभियानमा ट्राफिक प्रहरी सक्रियतापूर्वक लागेको उनले बताए ।