छत्रदेव गाउँपालिका १ काहुलेका स्वर्गीय विष्णुप्रसाद पाण्डेको सम्झनामा दाजुहरु जीवन पाण्डे, गुनाखर पाण्डे, ईश्वरि पाण्डे र हिमलाल पाण्डेले प्रतीक्षालय बनाएका छन। विष्णुप्रसाद टिकाराम पाण्डे र टीकादेवि पाण्डेका कान्छा छोरा हुन् ।
२०७४ साउन २४ गते २५ बर्षको उमेरमा बुटवलमा उनको निधन भएको थियो । भाइको सम्झ्नामा छत्रदेव ७ काहुले डाँडेपोखरीमा प्रतीक्षालय निर्माण गरिएको दाजु ईश्वरी पाण्डेले बताए ।प्रतीक्षालय शुक्रबार वडा अध्यक्ष शोभाखर पाण्डेले उद्घाटन गरे । पाण्डेले यो प्रतीक्षालयले धेरैलाई सहयोग हुने र बाटो हिड्ने बटुवालाई छाहारी मिल्ने बताए ।






