थवाङका वडाध्यक्षको निधन

थवाङको नेपालको इतिहासम छुट्टै महत्व छ । माओवादीको उद्गम स्थल मानिएको थवाङमा न प्रचण्डका उम्मेदवारले चुनाव जित्न सके, न विप्लवको बहिष्कारले चुनाव रोकियो ।
यसरी ऐतिहासिक रुपमा स्वतन्त्र उम्मेदवार भएर चुनाव चितेका थवाङ गाउँपालिका–१ का वडाध्यक्ष फर्कबहादुर बुढाको पनि निधन भएको छ।

रक्तचापको बिरामी बुढा ३० जेठमा एक्कासी बिरामी भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका थिए । उनलाई बचाउन नसकिने डाक्टरले बताएपछि उनलाई थवाङ फर्काइँदै थियो। चितवनको कुरिनटार पुग्दानपुग्दै उनको निधन भयो।

उनी जनयुद्धको क्रममा निर्माण भएको पहिलो प्लाटुनको स्वास्थ्यकर्मी थिए। विप्लवतिर लागेका उनले विप्लव समूहले बहिस्कार गरेको चुनावमा लडेर जितेका हुन् ।