पोखरा १७ मा प्राथमिक उपचार प्रशिक्षण

नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाले आधारभूत प्राथमिक उपचार प्रशिक्षण दिएको छ । बुधबार सुरु भएको तालिम शुक्रबार सकिएको छ ।

समापन समारोहमा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले प्राथमिक उपचारबारे जानकारी भए धेरैको ज्यान जोगाउन सकिने बताए । उनले पोखरा १७ उपशाखालाई नमुना बनाउन वडाले सहयोग गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा जिल्ला शाखा उपसभापति कृष्ण तिमिल्सिना, उपमन्त्री उर्मिला खड्का, पोखरा १७ उपशाखाका सचिव हरिप्रसाद लम्साल, सहभागीको तर्फबाट दीपिका घले, जीवन श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम उपशाखा सभापति झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको थियो ।