ताजा समाचार

असार ६ गते २०७६

जिल्ला अदालतका खरिददार नै घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत कलैया, बाराका डिठ्ठा (खरिदार) लाई घुससहित नियन्त्रणमा लिएको छ ।

अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा विभिन्न वाहनामा सेवाग्राहीसँग घुस माग्ने गरेको भन्दै सुनिल चौधरीलाई अख्तियारले पक्राउ गरेको हो ।

चौधरीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय हेटौंडाबाट खटिएको टोलीले १८ हजार घुससहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।