ताजा समाचार

असार ६ गते २०७६

एक डलरमै जहाजमा सरर उड्ने अवसर

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले एक अमेरिकी डलरमै हवाई यात्राको अवसर घोषणा गरेको छ ।

कम्पनीले जारी एक विज्ञप्ती जारी गरि मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन प्रवर्द्धनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख गरेको हो ।

स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ ।

यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुनेछ । सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा भेला भएका छन् ।

उनीहरु आफ्ना देशमा जारी हिंसा र गरिबीका कारण पलायन भएको बताइएको छ । भोलारिस विमान सेवाले बेलाबेला आप्रवासीका लागि सुविधाजनक यात्राको अवसर जुटाउने गरेको छ ।