काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काँग्रेसले आगामी असार २२ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

विधान र नियमावलीबारे छलफल गर्न असार २२ गते आइतवार विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा बैठक वस्ने काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका हुन् ।

बैठकमा छलफलका चारवटा विषय रहेकोे काँग्रेसले जनाएको छ । जसमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, २०७६, राष्ट्रिय जागरण अभियान, पहिलो चरणको कार्यक्रमको समिक्षा, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयीक राजनीतिक विषय रहेका छन् ।

उक्त बैठककमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन निर्देशन नै दिइएको छ ।