बोलेरो जीप दुर्घटना हुदाँ चार जनाको घटनास्थलमै मृत्यु भएको छ।
धादिङको गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप बाँझगाउँमा दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको अहिले उद्धा गरी विभिन्न अस्पतालमा पठाउने क्रम जारी छ। प्रहरीको टोली घटनास्थलतर्m लागेकोले थप विवरण आउन बाँकी रहेको छ।






