बिहीबार सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएपछि विप्लव नेतृत्वको नेकपा आक्रामक भएको छ । बिहीबार बेलुका जनक्रान्तिबाटै जवाफ दिने चेतावनी दिएको नेकपाले शुक्रबार नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
नेकपा महासचिव विप्लवले विज्ञप्ति निकालेर नेकपाले आसार ७ गते प्रचारप्रसार, ८गते कोण सभा तथा घरदैलो , ९ गते मसाल जुलुस, १० गते आमहड्तालसहित नेपाल बन्द गर्ने जनाएका छन् । उनले पौडेललाई नियन्त्रणमा लिएर वर्वरतापूर्वक हत्या गरिएको दाबी गर्दै मानवअधिकारकर्मी, सञ्चार जगत र वुद्धिजीवीमा आग्रह गरेका छन् ।






