ताजा समाचार

असार ६ गते २०७६

पौडेलको मृत्युबारे मानवअधिकार आयोगले छानबिन थाल्यो

मानवाधिकार आयोगले विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्युको विषयमा छानबिन थालेको छ ।

आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै पौडेलको मृत्यु भएको घटनामा आयोग गम्भीर भएको जनाउदै घटनाको सत्य तही अनुसन्धान गर्न २ जनाको टोली खटाएको जानकारी दिएको छ ।

आयोगले पौडेल मृत्यु प्रकरणको अनुसन्धान गरि प्रतिवेदन सार्वजनिक गर्ने समेत जनाएको छ ।

विप्लवका जिल्ला इन्चार्ज पौडेलको विहिवार प्रहरीसँगको मुठभेडमा मृत्यु भएको प्रहरीले बताएपनि विप्लव समुहले भने प्रहरीले बाटो ढुकेर हानेको दाबी गरेको छ ।