ताजा समाचार

असार ६ गते २०७६

देशलाई प्रगतितर्फ मोडन् पहिलो पर्यटन क्षेत्रको विकास हुनुपर्छ

उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई प्रगतितर्फ मोडको लागि पहिलो पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।

शुक्रबार बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उनले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएको हो ।

सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताए । उनले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गरेका थिए ।

उनका अनुसार पहिलो पटक देवघाट पुगेका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिएका छन् ।