ताजा समाचार

असार ६ गते २०७६

अदालतका डिठ्ठा रंगे हात पक्राउ

जिल्ला अदालत कलैया, बाराका डिठ्ठा ९ खरिदार० सुनिल चौधरी अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा सो नगरी घुस मग्दा रंगेहात पक्राउ परेका छन् ।

चौधरीले विभिन्न बहाना गरी सेवाग्राहीसँग १८ हजार घुस लिइरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिई गएको टोलीले रकमसहित कलैया उपमहानगरपालिका वडा नं ४ स्थित अदालत अगाडिको चियापसलबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।