ताजा समाचार

असार ६ गते २०७६

जेलमा रहेका रेशम चौधरी अस्पतालमा

टीकापुर हत्याकाण्डमा दोषी करार भई सर्वश्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरी अस्पताल भर्ना भएका छन् ।

उनको फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले काठमाण्डौको वीर अस्पताल भर्ना भएका हुन् । केही समय देखि अस्वस्थ्य रहँदै आएका चौधरीको उपचार हुदै आएको थियो तर श्वास फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उनले १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताईरहेका छन् ।

चौधरी गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट बिजय समेत भएका थिए । उनले सांसद पदको सपथ समेत ग्रहण गरेका थिए ।