ताजा समाचार

असार ६ गते २०७६

सुरुङ्गमा थुनिएका सबैको उद्धार,सुख्खा पहिरो खस्ने क्रम जारी

रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारहरुको सकुशल उद्धार गरिएको छ ।

सुरुङ भित्र थुनिएकाहरुलाई नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको टोलीले आज सकुशल उद्धार गरेको हो । रसुवाको निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा गए राती सुख्खा पहिरोका कारण कामदारहरु थुनिएका थिए । उद्धार गरिएकाहरुमा ११ जना नेपाली र ६ जना चिनियाँ कामदारहरु रहेका छन् ।

सुरुङ्ग बाहिर भीरबाट पहिरो खसेर कामदार थुनिएकाले उनीहरूलाई कुनै चोट पटक नलागेको र उद्धार पछि आफ्नो क्वाटरमा आराम गरी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी भागेन्द्रप्रसाद ढकालले बताए । घटनास्थलमा अझै पनि सुख्खा पहिरो खस्ने क्रम जारी रहेको छ ।


Loading...