कास्कीमा सवारी दुर्घटनामा ज्यान गुमानेको संख्या २६ जना पुगेको छ । आव २०७५/०७६ को ११ महिनामा विभिन्न दुर्घटनामा ज्यान गुमाउनेको संख्या २६ पुगेको हो । यो तथ्यांक २०७५ साउनदेखि २०७६ जेठ मसान्तसम्मको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले उपलव्ध गराएको तथ्यांक अनुसार दुर्घटनामा २० जना पुरुष, ५ जना महिला र १ जना बालिकाको मृत्यु भएको हो ।
तथ्यांक अनुसार दुर्घटनामा गत चैत र वैशाख महिनामा सबै भन्दा धेरै ४/५ जनाको मृत्यु भएको छ । यसैगरी कार्तिक, पुस, फागुन र जेठ महिनामा ३/३ जनाको दुर्घटनामा मृत्यु भएको देखिन्छ ।
यसैगरी गत मंसिरमा २, साउन, भदौ, असोज, माघमा १/१ जनाको दुर्घनामा मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो ११ महिनामा सवारी दुर्घटनामा ५२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । जसमध्ये पुरुष ३६, महिला १३ र ३ जना बालिका छन् । तथ्यांक अनुसार यी सबै दुर्घटनामा ५२ जना गम्भीर र १७ जना समान्य घाइते भएका छन् ।

सवारी दुर्घटना १०१
तथ्यांक अनुसार पछिल्लो ११ महिनामा कास्कीमा १०१ सवारी दुर्घटना भएका छन् । दुर्घटनामध्ये सबै भन्दा धेरै गत मंसिर र वैशाखमा १५/१५ भएका छन् । यसैगरी गत भदौमा १२, असोज, पुस र जेठ महिनामा १०/१० दुर्घटना भएका छन् । यस्तै, गत फागुनमा ७, माघमा ६, साउन र मंसिरमा ५/५ सवारी दुर्घटना भएको तथ्यांकमा छ ।
विभिन्न स्थानको सवारी दुर्घटनामा परी ४ वटा चौपाय समेत मरेको उल्लेख छ ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रका अनुसार गत वर्षको तुलनामा सवारी दुर्घटनामा कमि आएको छ ।
ट्राफिक प्रहरीको सक्रियता, नागरिकमा सवारी दुर्घटनाबारे जनचेतनामा वृद्धि, सडकहरू स्तरोन्नति भएका कारण दुर्घटनामा कमि आएको उनले बताए ।
उनले सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए । जसमध्ये विद्यालयमा पुगेर विद्यार्थीलाई दिइएको सवारी दुर्घटना न्यूनीकरण प्रशिक्षण एवं सचेतना प्रभावकारी रहेको उनले स्पष्ट पारे ।






