ताजा समाचार

असार ६ गते २०७६

ज्योतिषशास्त्र अनुसार यसरी हुन्छ प्रेम विवाह सफल

कुण्डलीमा लग्न पञ्चम, सप्तम तथा एकादश भावमा शुक्रको सम्बन्ध हँुदा व्यक्ति प्रेमी स्वभावको हुन्छ ।

प्रेम हुनु र विवाह हुनु अलग कुरा हो । ज्योतिषशास्त्र अनुसार पञ्चम भाव प्रेमको भाव हो र सप्तम भाव विवाहको । पञ्चम भावको सम्बन्ध सप्तम भावमा हुँदा जोडी विवाह बन्धनमा बाँधिन्छन् ।
नवम भावमा पञ्चम भावको शुभ सम्बन्ध हुँदा पनि २ प्रेमी पति–पत्नी बनेर दाम्पत्य जीवनमा सुख प्राप्त गर्दछन् ।

यदि तपाइँको कुण्डलीमा यो अवस्था बनिएको छैन भने हुन सक्छ अन्य कुनै स्थितिको कारण तपाइको प्रेम सफल भइ पति–पत्नीको रुपमा पाउन सक्नुहुन्छ ।
यदि शुक्र लग्न स्थानमा स्थिर छ अनि चन्द्र कुण्डलीमा पञ्चम स्थानमा शुक्र छ भने पनि प्रेम विवाह सफल हुन सक्छ ।

नवमांस कुण्डली लग्न कुण्डलीको शरीर अनि नवमांस कुण्डलीमा सप्तम र नवामेश युक्ति छ भने प्रेम विवाह पूर्ण रुपमा सफल हुन्छ ।

प्रेम विवाह कुण्डली

शुक्र ग्रह लग्नमा स्थित छ र लग्नेश पनि लग्नमा छ भने प्रेम विवाह निश्चित हुन्छ । शनि र केतु पाप ग्रह हुन् तर सप्तम भावमा यिनको युक्ति प्रेमीको लागि शुभ संकेत हो ।

राहु यदि लग्नमा स्थिर छ भने नवामम्सा कुण्डली वा जन्म कुण्डलीमध्ये कुनैमा पनि सप्तम तथा पञ्चामेसका कुनै प्रकारको दृष्टि वा युक्ति सम्बन्ध भएमा प्रेम विवाह हुन्छ ।

लाग्न भावमा लग्नेश र चन्द्रको युक्ति भएमा पनि प्रेम विवाह योग बन्दछ । सप्तम स्थानमा सप्तमेश को साथमा चन्द्रमा भएपनि प्रेम बिबाह योग बन्दछ ।

एकादश भाव पापी ग्रहको भाव हो तव प्रेमीको मिलन हुँदैन अनि पापी ग्रहको अशुभ दृष्टिबाट मुक्त छ भने आफ्नो प्रेमीको साथ ७ फेर लिन्छ ।

प्रेम विवाहका लागि सप्तमेश वा एकादशमा परिवर्तन योगका साथ मंगन त्रिकोण वा नवम भावमा हुन्छ या फेरी द्वासेश तथा पञ्चमेशको मध्य राशि परिवर्तन हुँदा पनि शुभ योग बन्दछ ।