रसवागढी हाइडोको सुरुङमा १७ मजदुर थुनिए, शनिबार उद्धार गरिने

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा थुनिएका १७ जना मजदुर सकुशल रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) जीवन केसीले बताएका छन् ।

विहिबार साँझ गएको सुख्खा पहिरोको कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरु थुनिएका थिए । रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ अकास्मत सुख्खा पहिरो जादा ११ जना नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका छन् । 

डिएपी केसीले मजदुरहरु सुरक्षित रहेको जानकारी दिए । ‘हामी भर्खरै घटनास्थल पुगेर आयौं । थुनिएका कामदारहरुसँग हाम्रो सम्पर्क भएको छ, आज राती भएको कारण भोली मात्रै उद्दार हुन्छ,’ केसीले भने,‘उहाँहरु सुरक्षित हुनुहुन्छ । भोली बिहानै उद्दार गर्छौं ।’