पोखरा टे«डमलका महिला व्यवसायी मिलेर खोलिएको दिदीबहिनी समूहले संस्था दर्ता भएको खुसी पोखरा वृद्धाश्रममा वृद्धवृद्धासँग बाँडेको छ । करिब १ सय सदस्य रहेको समूहका अध्यक्ष सीमा कोइरालाले हिँउदभन्दा वर्षाको समय आश्रममा सहयोग कम आउने थाहा पाएर आफूहरु आएको बताइन् ।
उनले दिदीबहिनी समूहले व्यवसायीका यावत् समस्या समाधानक लागि पनि काम गर्ने बताइन्। समूहले आश्रममा भएका ६५ जना वृद्ध र स्टाफलाई खाजा, फलफूल र जुस खुवाएको छ । बाआमासँग यसरी बसेर खाजा खाँदा आफ्नै माइती पुगेको आभास भएको समूहकी सदस्य सरु केसीले बताइन्।






