जनक्रान्तिबाटै बदला लिन्छौँ : विप्लव

सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेल मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले बदला लिने चेतावनी दिएको छ ।

प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी पनि नेकपाले गरेको छ। पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति निकालेर पौडेललाई सहिद घोषणा गरेका छन् ।

विज्ञप्तिमा सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरिएको छ। ुविज्ञप्तिमा भनिएको छ ः यो गैरन्यायिक हत्याको पार्टी विरोध र भर्त्सना गर्दछ । सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पार्टी व्यक्त गर्दछ ।’