ताजा समाचार

असार ५ गते २०७६

सुनको मूल्य विहिबार ह्वात्तै बढ्यो

बिहीबार सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ। बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको छ। 

तेजाबी सुनको मूल्य समेत हजार रुपैयाँ नै पढेको छ । बुधबार ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।