ताजा समाचार

असार ५ गते २०७६

बिहिबार नेप्से बढेपनि कारोवार रकम घट्यो

साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से बढेपनि कारोवार रकम भने खुम्चिएको छ ।

आज नेप्से पाँच दसमलव नौं अंकले बढेर १२ सय ६४ दसमलव ३६ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव आठ अंकले बढेर दुई सय ७१ दसमलव ६० बिन्दुमा चढेको छ ।

एक सय ७१ कम्पनीहरुको पाँच हजार तीन सय ४२ वटा कारोवारमा १३ लाख ७५ हजार पाँच सय ४१ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ५३ लाख १५ हजार दुई सय चार रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक बढेकाछन भने तीन वटाको घटेकाछन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव नौ अंकले बढेर ११ सय ३५ दसमलव ९१ बिन्दुमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि पाँच दसमलव एक अंकले बढेर १५ सय ९६ दसमलव ९५ बिन्दुमा चढेको छ । 

जलबिद्युत समुहको सुचक पनि सात दसमलव चार अंकले बढेर १२ सय दुई दसमलव ७९ बिन्दुमा चढेको छ । यि बाहेक जीवन बीमा, होटल, लघुबित्त, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । निर्जिवन बीमा समुहको सुचक भने सात दसमलव ६६ अंकले घटेर पाँच हजार दुई सय ३९ दसमलव १४ बिन्दुमा झरेको छ । यसैगरी फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि घटेकाछन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८७ पैसाले बढेर चार सय २३ रुपैयाँमा कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको रिलायन्स फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ २६ पैसाले घटेर एक सय २६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता छ सय ५४ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड एक लाख ३६ हजार पाँच सय ४९ रुपैयाँको कारोवार भएको छ ।