ताजा समाचार

असार ५ गते २०७६

उत्तम संजेलकी पत्नी कलासहित तिनजना हिरासतमा

काठमाण्डुको कुमारीहलस्थित समता अस्पतालकी एक महिला कर्मचारीको रहस्यमय मृत्यु भएपछि अस्पतालका संचालक उत्तम सञ्जेलकी पत्नीसहित तीन जनालाई हिरासतमा लिइएको छ ।

समता अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङ मंगलबार झुण्डिएर रहस्यमय मृत्यु भएको विषयलाई लिएर सोधपुछका लागि सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो।

तामाङका आफन्तले अस्पताल प्रशासन र कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो। कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो।

त्यही आधारमा प्रहरीले मंगलबार तीर्था र संगीतालाई नियन्त्रणमा लिएको थियो । तर, आफन्तले दवाब चर्काएपछि बुधबार अपरान्ह सञ्चालक उत्तम सञ्जेल पत्नी कलासहित दुई कर्मचारीविरुद्ध ५ दिनलाई म्याद थपिएको हो ।