ताजा समाचार

असार ५ गते २०७६

गृह मन्त्रालयमा वृक्षारोपण

सरकारले गृह मन्त्रालय परिसरमा बिरुवा रोपेर रोपेर ‘लागू औषध दुरुपयोग एवम् ओसारपसार विरुद्ध सप्ताह व्यापी अभियान‘ सुरु गरेको छ ।

लागू औषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न अभियानलाई अघि बढाइएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गृह सचिव प्रेमकुमार राईले लागू औषध दुरुपयोग एवम् ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बिहीबार गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरेका छन् ।

सरोकारवालाहरूको समन्वयमा सो कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न उनले प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयनलाई परिपत्र गरिएको पनि बताए ।

‘समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सो सप्ताह व्यापी अभियान असार ११ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा हाल बर्सेनि ११ दशमलव ३६ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्यामा वृद्धि हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।