मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताएका छन् । उनले विधेयक फिर्ता नहुने केही असन्तुष्टि भए संसदीय प्रक्रियाबाट परिमार्जन गरी अगाडि वढ्ने विश्वास दिलाए ।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले गुठी विधेयक बिरोधमा देखिएको जनअसन्तुष्टि र प्रदर्शनकै कारण सरकारले विधेयक फिर्ता लिएको बताए । ‘जनताकै हितमा काम गर्न बनेको सरकारका विरुद्ध जनता खनिएपछि गुठी विधेयक फिर्ता लिन पुग्यौं, अध्यक्ष प्रचण्डले भने– ‘गुठी विधेयक सम्वन्धमा सम्वन्धित सरोकारवालासँग छलफल र गृहकार्य नगरी सरकार अगाडि वढेका कारण विरोध आयो अव गुठी विधेयकका बारेमा सरकार सरोकारवालासँग छलफल र गृहकार्यबाट नै अगाडि वढ्छ ।

उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भत्तपुर र ललितपुरमा सयौ बर्षदेखिका गुठीहरुले जनताको अहित गरेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले जनआन्दोलनबाट प्राप्त उपलब्धी विप्लवसहितले गरेको बताएकाले उनीहरु मूल राजनीतिक प्रक्रियामा आउनुको विकल्प नभएको बताए । उनले भने, ‘उनीहरुले अगालेको बाटो गलत छ, वार्ताबाट नै उनहिरुलार्इ राजनीतिक मूल धारमा आउन बाटो खुला छ । यदि उनीहरु द्धन्द्ध नै सृजना गरी अगाडि वढ्छन भने सरकार पनि चुप लागेर बस्दैन ।’ प्रचण्डले उल्टो बाटो नलाग्न आग्रह गरे ।

बुधवार प्रधानमन्त्री केपी ओलीसँग लामो छलफल भएको र शनिबारको सचिवालय बैठकले एकतालाई अन्तिम रुप दिने उनले बताए । उनले भने एक महिनापछि मन्त्रीमण्डल हेरफेर हुन सक्ने संकेत गरे ।

प्रचण्डले भने, ‘मन्त्रीमण्डल हेरफेरको अधिकार प्रधानमन्त्रीलाई छ । अब सरकार सशक्त रुपमा अगाडि वढ्ने र जटिल किसिमका निर्णयहरु गर्नु छ ।’ उनले प्रधानमन्त्री वन्नका लागि प्रचण्ड आतुर भयो भन्नु हल्लामात्र भएको जिकिर गरे । उनले थपे, ‘प्रधानमन्त्री बन्नका लागि मलाई हतारो छैन ।’