ताजा समाचार

असार ५ गते २०७६

इण्डियाज गट ट्यालेन्टका निर्माता चौहानको मृत्युको कारण अझै खुलेन

इण्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरसेफ इण्डिया कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहानको मृत्युको रहस्या अझै खुल्न सकेको छैन ।

उनको शव मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा आइतबार राति भेटिएको भएपनि अझै मृत्युको कारण खुल्न नसकेको हो ।

भारतीय मिडिया रिपोर्ट अनुसार सोहनकी श्रीमती दिल्लीमा भएकोले उनि पछिल्लो समय एक्लै बसिरहेका थिए । सोहन सोसल मिडियामा १३ जूनसम्म एक्टिभ थिए । चौहानका भाइले शनिबार उनीसँग सम्पर्क गर्ने कोशिस गर्दा असफल भएपछि उनले दाइ हराएको रिपोर्ट पुलिसमा दर्ता गरे । आइबार बिहान करिब साढे सात बजे स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिए ।

पुलिस अनुसन्धान अनुसार सोहन चौहानको शरीरमा चोटका कुनै निशाना भेटिएको छैन । उनी बसेको घरमा राखिएको सिसिटिभी फुटेज अनुसार सोहन चौहानलाई आइतबार हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो । उनको कोठाभित्र रमको एउटा खाली बोतल र कविता लेख्ने गरेको एउटा डायरी मात्र भेटिएको प्रहरीले जनाएको छ ।