दश वर्षमा कतिले वैदेशिक रोजगारीमा ज्यान गुमाए ? यस्तो छ तथ्याङक

वैदेशिक रोजगारीमा गएका मध्ये एक दशकमा ठुलो संख्याले ज्यान गुमाएका छन् । दश वर्षको अबधिमा हालसम्म ७ हजार तीन सय चार जनाको ज्यान गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको हो ।

बोर्डका अनुसार रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने गरेको छ।

त्यससंगसगै धेरै र कमसल रक्सी खाने, पानी कम पिउने, समयमा खानपानको प्रबन्ध नहुँदा स्ट्रोक, हृदयाघातजस्ता ,कार्यस्थलको असुरक्षा तथा अव्यवस्थित बसाइ मृत्युका अन्य कारण हुन्।

आर्थिक वर्ष ०६६र६७ देखि यस आवको जेठसम्म वैदेशिक रोजगारीमा मृत्यु हुनेमध्ये १६८ महिला छन्। बोर्डका अनुसार चालू आर्थिक वर्षको जेठसम्म वैदेशिक रोजगारीका क्रममा ६६७ जनाकोे मृत्यु भएको छ । त्यसमा २१ जना महिला थिए। नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ। रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये ५ सय ३२ जना जेल परेका छन् ।