भारतीय राष्ट्रपति रामनाथ कोविन्द पहिलो पटक नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्दनेपालको राजकीय भ्रमणमा आउने भएका हुन् ।
उनीसाउन महिनामा नेपाल भ्रमणमा आउने तयारी भईरहेको छ । भारतीय राष्ट्रपतिको भ्रमणकै लागि मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग छलफलसमेत गरेका छन् ।
कोविन्दको भ्रमण तय भए पनि मिति भने तय भएको छैन तर उनी साउनभित्र नेपाल आउने चाही पक्का भएको बताईएको छ । नेपालको सीमावर्ती राज्य उत्तरप्रदेशका बासिन्दा समेत रहेका कोविन्दले नेपाल भ्रमणमा पुशपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम चाही तय भएको छ ।
कोविन्दको नेपाल भ्रमणपछि मात्र मोदीको नेपाल भ्रमणको कार्यक्रम तयारी हुने बताईएको छ । राष्ट्रपति कोविन्दको भ्रमणअघि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक राख्ने तयारी भएको छ ।






