आजको मौसम सम्बन्धी जानकारी यस्तो छ


बिहिबार देशको पूर्व तथा मध्य क्षेत्रमा दिउँसो सामान्य बदली भई बाँकि भू(भागमा आंशिक वदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व तथा मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली भई केहि स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

पछिल्लो समय बढ्दो तापक्रमले आहत बनाईरहेको बेला केही बर्षाले गर्मी घटाएको छ । मनसुन सुरु हुने संकेत देखिएपछि तापक्रम केही घटेको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं