कलेजको सम्बन्धन नवीकरण गर्न पनि घूस !

 त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुस रकमसहित प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा सहायक डिन शम्भु कट्टेल रहेका छन् । कट्टेललाई अख्तियार अनुसन्धानको टोलीले कीर्तिपुरको ट्यांलाफाँटबाट पक्राउ गरेको हो।

उनले सेवाग्राफीबाट विज्ञान संकायको एउटा कलेजलाई सम्बन्धन गराइदिने भन्दै ५० हजार घुस लिएका थिए । उनलाई घुस रकम लिँदा लिदैँ अख्तियारले प्रक्राउ गरेको हो । कट्टेलमाथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।