अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाने प्रहरीबिरुद्ध मु्द्धा दायर गरेको छ । आयोगले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर जागिर खाएका प्रहरी प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक सरोज क्षेत्री केसीबिरुद्ध मुद्धा दायर गरेको हो ।
केसीले भारत उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्, हरिश्चन्द्र इन्टर कलेजबाट प्राइभेट आइ.कम. उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरीमा जागिर खाएका थिए । सोही प्रमाणपत्रको आधारमा प्रहरी नीरिक्षक पदमा बढुवा भएको समेत पुष्टी भएको अख्तियारले जनाएको छ । केसीबिरुद्ध भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्धा दायर गरिएको हो ।






