टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै ज्यान गयो

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ लाटीखोलामा टिपरले ठक्कर दिंदा दुई युवकको ज्यान गएको छ ।

आज विहान ११ बजे मदन भण्डारी लोकमार्ग अन्तर्गत बेलटार–बसाहा खण्डको लाटी खोलामा दुर्घटना हुदा चौदण्डी गढी नगरपालिका–४, बसाहा बस्ने बर्ष ४८ का खगेन्द्र राई र वर्ष ४० का जीवन राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगा पौडेलले जानकारी दिएका हुन् ।

बसाहाबाट बेलटारतर्फ आउँदै गरेको स ४ प ३६१ नम्बरको मोटर साइकल सोही दिशाबाट आउँदै गरेका बा २ क ७०९ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

टिपर चालक चितवन घर भएका सरोज प्रजा फरार रहेको बताइएको छ । दुर्घटनामा संलग्न ट्रिपर प्रहरीको नियन्त्रणमा छ । आफन्तले शव बुझ्न अस्वीकार गरेपछि घटनास्थल तनावग्रस्त रहेको प्रनि पौड्यालले बताए ।