कुँवर ब्रदर्श एण्ड सन्सको आयोजनामा ‘आइ डियोड टू इट सिजन २’ को पोखरा संस्करण सम्पन्न भएको छ ।
पोखरा विश्वविद्यालय स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गको प्राङ्गणमा भएको कार्यक्रम अन्तर्गत स्पिन एण्ड वक गेम शोका लागि विश्वविद्यालयका ४० भन्दा बढि विद्यार्थी सहभागी थिए ।

गेम शोबाट स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका रोशन घिमिरे प्रथम भए । उनले नगद रु १० हजार जिते ।
प्रत्येक समूहमा ५ जनाका दरले खेलाइएको स्पिन एण्ड रनका लागि कलेजका कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले गोला प्रथामार्फत विद्यार्थी छनौट गरेका थिए ।
यस्तै समूह विजेता सबैलाई आकर्षक पुरस्कार प्रदान गरिएको कुँवर ब्रदर्स एण्ड सन्सका सेल्स म्यानेजर विष्णुप्रसाद दाहालले जानकारी दिए । सहभागी मध्येबाट १ जनाले गोला प्रथाबाट एउटा जुक बक्स पुरस्कार पाएको उनले बताए ।
यसै अवसरमा संस्थाले कर्पोरेट सामाजिक उत्तरदायित्व वहन गर्दै पोखराको छोरेपाटनस्थित मानवसेवा आश्रमलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

उक्त रकम पोखरा विश्वविद्यालय स्कुल अफ डेभलभमेण्ट एण्ड सोसल इन्जिनियरिङ्गका निर्देशक डा. रामप्रसाद अर्याल र होण्डाका जापान प्रतिनिधि नाओकीले आश्रमका प्रतिनिधि राजन सापकोटालाई हस्तान्तरण गरे ।
स्याकार ट्रेडिङ्ग कम्पनी तथा कुँवर ब्रदर्स एण्ड सन्सको आयोजनामा भएको उक्त कार्यक्रम अभनी एडभरटाइजिङ्गको संयोजनमा भएको हो ।




