सरकारी फौज र जिहादी समूहबीच भिडन्त हुदा ४५ जनाको मृत्यु

सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ ।

हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरुले मङ्गलबार बिहानै सरकारी फौजमाथि आक्रमण गरेको सिरियाली मानव अधिकार अब्जरभेटरीले जनाएको हो ।

भिडन्तमा सरकारी फौजतर्फ कम्तीमा १४ जनाको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ । उत्तरी हामा र छिमेकी इडलिब प्रान्तमा सरकारी फौजबाट हुने हवाई आक्रमण २४ घण्टायता रोकिएका थिए । तर सरकारी फौजमाथि आक्रमण भएलगत्तै हवाई आक्रमण शुरु भएका छन् ।

गत आइतबार अलेप्पोमा सरकारी फौजको नियन्त्रणमा रहेको क्षेत्रमा हप्तार विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणबाट १२ जनाभन्दा बढी नागरिकको ज्यान गएको थियो ।