ताजा समाचार

असार ३ गते २०७६

ईन्जिनियर र सब–ईन्जिनियर घुससहित पक्राउ

भोजपुरस्थित हतुवागढी गाउँपालिका भोजपुरमा कार्यरत ईन्जिनियर र सब–ईन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले गाउँपालिकामा कार्यरत ईन्जिनियर मिसुहाङ किराँत र सब–ईन्जिनियर नइन्द्र पारोहाङ राईलाई घुससहित नियन्त्रणमा लिइएको हो ।

ईन्जिनियर र सब–ईन्जिनियरले बाटो मर्मतको बिल भुक्तानी दिन सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको जनाइएको छ ।

अख्तियारका अनुसार ईन्जिनियर किराँतलाई ५० हजार घुससहित र सब–ईन्जिनियर राईलाई २० हजार घुससहित नियन्त्रणमा लिइएको हो ।