ताजा समाचार

असार ३ गते २०७६

अदालतमा बयान दिदादिदै पूर्वराष्ट्रपतिको निधन भएपछि

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिदादिदै निधन भएको छ ।

आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित गराइएका उनको बोल्दाबोल्दै मृत्यु भएको हो ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो ।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए । बेहोस् भएर लडेको केही समयमै उनको निधन भएको हो । उनी सन् २०१३ मा अपदस्थ गरिएका थिए ।