ताजा समाचार

असार ३ गते २०७६

प्रधानमन्त्री ओली रोष्टम पुगे, ८ मिनेट रोष्टममा बसे तर संवोधन नै नगरी फर्किए

नेपाली काँग्रेसको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओली रोष्ट्रममा पुगेर पनि सम्बोधन नगरी फर्किएका छन् । 

मंगलबारको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यतालिका थियो ।

तर, प्रतिपक्षी दलका नेताले पहिले बोल्न पाउनुपर्ने माग गर्दै कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको थियो।

विरोध जारी रहेपछि बैठकको नवौं मिनेटमा सभामुख कृष्णबहादुर महराले भोलिसम्मको लागि बैठक स्थगित गरेका छन् ।