ताजा समाचार

असार ३ गते २०७६

भारतको लोकसभामा नेपाली भाषामा शपथ खाने को हुन् ?

भारतको लोकसभाका एक सदस्यले नेपाली भाषामा सपथ लिएका छन् ।

लोकसभा सदस्यहरुको सपथग्रहणको दोस्रो दिन मंगलबार सिक्किमका लोकसभा सदस्य इन्द्रहाङ सुब्बाले नेपाली भाषाम सपथ लिएका हुन् । 

लोकसभामा कसैले संस्कृत भाषामा, कसैले हिन्दी त कसैले अँग्रेजीमा सपथ लिएपनि आजसम्म नेपाली भाषामा कसैले पनि सपथ नलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको दार्जिलिङबाट प्रकाशित हुने पत्रिका द दार्जिलिङ क्रोनिकलले नेपाली भाषामा सपथ लिने उनी पहिलो लोकसभा सदस्य रहेको उल्लेख गरेको छ । 

सपथको पहिलो दिन संस्कृत भाषामा मात्रै १७ जना सांसदहरुले सपथ लिएका थिए । अधिकांश सांसदहरुले हिन्दी भाषामा सपथ लिएका छन् ।