ताजा समाचार

असार २ गते २०७६

पोखरा १७ का ज्येष्ठ नागरिक सम्मानीत

पोखरा उपमहानगरपालिका वडा नं। १७ का २१ ज्येष्ठ नागरिक सम्मानित भएका छन् । ज्येष्ठ नागरिक मञ्च एवम् पोखरा १७ ले सोमबार कार्यक्रम गरी ८० देखि १०० वर्षसम्मका वृद्धवृद्धालाई खादा, सम्मानपत्रसहित सम्मान गरेका हुन् । उनीहरुलाई जनही एक थान थर्मस वितरण गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी९नेकपा० कास्की अध्यक्ष एवमं प्रदेश सभा सदस्य कृष्ण थापाले उनीहरुलाई सम्मान गरे । समाजका अग्रजलाई सम्मान गर्दा आफू पनि सम्मानित भएको अनुभूति भएको उनको भनाइ छ । उनले आगामी तीन वर्षमा वृद्धभक्ता ५ हजार पुग्ने विश्वास व्यक्त गरे ।

आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् सामाजिक व्यक्तित्व झकबहादुर थापाले ज्येष्ठ नागरिकलाई बृद्धाश्रममा नभई परिवारमा राखेर आदर गर्नुपर्नेमा जोड दिए । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुङ्गाना र सचिव धर्मदत्त तिमिल्सिनाले पनि बोलेका थिए ।